आज देशभर पानी पर्ने, उपत्यकामा हल्का वर्षाको सम्भावना

न्भेष्टाेपेपर । जेठ १०, २०८०

काठमाण्डाैँ । आज बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा पनि एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।  

‘देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (वर्षा गराउने मौसमी प्रणाली) छिरेको छ र यो पूर्व सर्ने क्रममा छ’, मौसमविद् अधिकारीले भने, ‘त्यसैले आज देशभरजसो नै पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ।’ उनका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

‘आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ’, उनले भने, ‘तर यहाँ हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिएको छ।’ 

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम र ५० देखि सय मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ। 

यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराईमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

मौसमविद् अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम भोलि (बिहीबार) सम्म यस्तै रहने सम्भावना छ।   

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *