सुनको मूल्य तोलामा १ हजार ७ सयले बढ्यो, नयाँ कीर्तिमान कायम

न्भेष्टाेपेपर । जेठ १८, २०८१

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

तेजाबी सुन बिहीबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *