जनताकाे विश्वासले शेयर बजारमा हरियाली, सिङ्गो अर्थतन्त्र चलायमान बनाउने प्रमकाे दावी (पूर्णपाठ)

न्भेष्टाेपेपर । साउन ६, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गर्नुभएको छ। आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। उहाँले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताउनुभयो। 

उहाँले ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा चार सय अङ्कले बढेको बताउनुभयो। उहाँले नेप्से २७ महिना यताकै उच्च भएको बताउनुभयो। उहाँले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ। ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा चार सय अङ्कले बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ। हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो। अब शेयर बजार मात्रै होइन। देशको पूरै बजार चलायमान हुनेछ। सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ।’’

उहाँले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताउनुभयो। 

प्रतिनिधिसभामा गरेकाे सम्वाेधनकाे पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *