ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

न्भेष्टाेपेपर । असाेज १२, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत बैंकले उक्त कार्य गरेको हो।

ई-नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरि उनीहरुको जीवन रुपान्तरण गर्न सहयोग गरिसकेको छ। 

ज्योति विकास बैंकले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसंग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरिएको छ। 3D प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ​।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *