नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा लुइँटेल नियुक्त

न्भेष्टाेपेपर ।  चैत ११, २०८१

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेल सहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्‍ले लुइँटेललाई नियुक्त गरेको हो ।

लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतत्तर गर्नुभएकाे छ । पर्यटन व्यवसाय र अध्यापनमा संलग्न लुईंटेल पछिल्लोपटक पर्यटन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्याे । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *