न्युजिल्यान्डमा भएको गोली प्रहारको भिडियो हटाउन फेसबुकलाई हम्मे हम्मे
न्युजिल्यान्डमा यस शुक्रबार भएको गोली प्रहारमा मर्नेको संख्या ५० पुगेको छ। यो हम्ला दईवटा मस्जिदलाई लक्षित गरेर गरिएको थियो। गोली प्रहार गर्ने शुटरले यसै क्रममा फेसबुकमा १७ मिनेट लामो लाईभ भिडियो खिचेको थियो।
यो भिडियो अहिले धेरैले शेयर गरेपछि यसलाई हटाउन फेसबुकलाई हम्मे हम्मे परेको छ। न्युजिल्यान्डका प्रधानमन्त्री जकिन्दा आर्डेनले यो बारेमा फेसबुक संग स्पस्टिकरण मागेकी छिन् र लाईभ स्त्रिमिङको बारेमा छलफल गर्ने बताएकी छिन्। फेसबुकले अहिले सम्म १५ लाख भिडियो हटाईसकेको छ। तर अझैपनि यो भिडियो पुर्ण रुपमा हटेको छैन्।
यसैगरी फेसबुकले गोली प्रहारको सम्पादित भिडियोहरु पनि ब्लक गरेको छ। यो भिडियोले गोली प्रहारका सम्बन्धित सबैलाई असर गरेको छ। फेसबुकका साथै यो भिडियो ट्विटर र यु-ट्युबमा पनि सेयर भएको थियो। ओरिजिनल भिडियो हटाए पनि यसको अरु भर्सन अझै पनि अनलाईनमा रहेको छ।
यो हमला २८ बर्षिय अस्ट्रेलियन नागरिक ब्रेन्टन ह्यारिसन ट्यारेन्टले आक्रोशमा गरेका थिए।
