तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत
Investopaper, चैत्र ०८, २०७५
अाज शुक्रबार तीन कम्पनीका १ करोड ३८ लाख ७७ हजार कित्ता बाेनश शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका छन ।
बोनस शेयर सूचिकृत गर्ने कम्पनीहरूः
१.एनएमबी बैंकको ८७ लाख ४४ हजार कित्ता,
२.बुटवल पावर कम्पनीको २२ लाख १८ हजार कित्ता र
३.सिटिजन्स बैंकको २९ लाख १५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका छन् ।
