नेप्सेको अनलाईन ट्रेडिङ वेबसाईटमा के के हेर्न सकिन्छ त?पढ्नुहोस् सबै सुविधाहरू।

नेपालको शेयर बजार पुर्ण रुपमा अनलाईन प्रणालिमा गईसकेको छ। अब तपाईले शेयर कारोबार गर्न ब्रोकरको मा धाएर वा फोन गरिरहनु पर्दैन। अनलाइन कारोबार गर्न ब्रोकरकोमा गएर KYC Form भरेर अनलाईन युजर नेम र पासवर्डको लागी आवेदन दिनु पर्छ।

तर नेप्सेको अनलाईन प्रणालीमा देखिएको पटक पटकको समस्या र कमजोरीका कारण लगानिकर्ता अझै पनि ढुक्क भएर कारोबार गर्ने वातावरण बनेको छैन। अनलाईन प्रणालिले लगानीकर्तामा झन उत्साह र सहजीकरण ल्याउने अपेछा गरिएकोमा परिणाम भने उल्टो हुन गएको छ। नेप्सेको अनलाईन प्रणाली प्रतिको लापरवाहीका कारण हैरान र आजित भएका शेयरधनीहरु त्यसको बिरोधमा समेत उत्रेका छन्।

खयर अहिलेको अवस्था नराम्रो भए पनि पक्कै पनि नेप्सेले यसको कमजोरीहरु हटाउँदै लाने आशा राख्न सकिन्छ र लगानिकर्ताको माझ अनलाईन प्रणालिको प्रयोग पक्कै पनि सजिलो र सरल बन्दै जाने छ। शेयर कारोबार बाहेक अनलाईन प्रणालिमा LOGIN गरेर तपाईले धेरै कुरा हेर्न सक्नु हुन्छ जसले तपाइलाई बजारको बारेमा पनि ज्ञान दिन्छ।

जान्नुहोस् के के छन् त नेप्सेको अनलाईन कारोबार गर्ने वेबसाईट भित्र।

१) आफ्नो ब्रोकरले दिएको लिंकमा गएर युजर नेम र पासवर्ड हानेर login गरेपछि तपाईको स्क्रीनमा Nepse Dashboard खुल्छ। ड्यासबोर्डमा तपाईले नेप्से चार्ट देखि लिएर बजारको दिनभरको कारोबारको मार्केट सारांश हेर्न सक्नुहुन्छ। यस बाहेक तपाईले आफूले गरेका कारोबारको सारांश पनि देख्नहुनेछ।

२) Fund Management Menu मा गएर तपाईले कारोबारको लागि राख्नुपर्ने धितो रकम आफ्नो ब्रोकरको खातामा पठाउने, धितो जम्मा गरेको रकम झिक्ने आदि काम गर्न सक्नुहुन्छ।

३) सेयर किनबेचको लागी Order Management भित्रको Buy/Sell मा जानुपर्छ। त्यस बाहेक दैनिक कारोबार गरेको अर्डर बुक र पुराना अर्डर पनि यसै भित्रको Sub-Menu मार्फत हेर्न सकिन्छ।

४) Trade Management Daily Trade Book र Historic Trade Book मा गएर आफ्ना सबै नयाँ र पुराना कारोबारको सुचि हेर्न सकिन्छ।

५) Market Data menu भित्रको Market watch मा गएर तपाईले आफ्नो पोर्टफोलियोमा भपको शेयरहरुको लिस्ट बनाएर त्यसको अवस्था हेर्न सक्नुहुन्छ। Create Market Watch गरेर तपाईले पाँचवटा सम्म फरक लिस्ट बनाउन सक्नु हुन्छ।

 यस्तै आफुलाई मन लागेका शेयरहरुको लिस्ट बनाएर पनि त्यसको बजार स्थिति ट्रयाक गर्न सकिन्छ। त्यस शेयरको कोडमा Right Click गरेर किनबेच, चार्ट, मार्केट डेप्टथमा जान सकिन्छ। अरु उपयोगी सबमेनु market depth र top ten gainers,losers रहेका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *