नेपाल बैंककाे प्रमुख कार्यकारी अधिकृत बन्न कसकसले दिए आवेदन

Investopaper, भाद्र ०४, २०७६

नेपाल बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १४ जनाले आवेदन दिएका छन् । आवेदन दिने म्याद भाद्र ३ गते साँझसम्ममा १४ जनाले आवेदन दिएको नेपाल बैंक स्रोतले जानकरी दिएको छ ।

बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नको लागि सार्वजनिक सूचना आह्वान गरेको थियो । आवेदन दिनेहरूमा —

रामदेव यादव 

अरुण कुमार ढुंगाना 

पूर्ण प्रसाद आचार्य

मुरारी प्रसाद अर्याल 

कृष्ण बहादुर अधिकारी 

सुन्दर पन्थी 

शेषरमण आचार्य 

पुष्पराज भण्डारी 

राजुनाथ खनाल

गोबिन्द प्रसाद दाहाल 

दुर्गा कुमारी कँडेल (छत्कुली)

अशोक खड्गी 

शंकर कुमार रायमाझी 

डिल्लीराम शर्मा

आवेदन दिएका मध्ये कृष्ण बहादुर अधिकारी हाल बैंकको कामु  प्रमुख कार्यकारी अधिकृत हुन्  भने राजुनाथ खनाल तथा डिल्लीराम शर्मा नेपाल बैंकका पूर्व कर्मचारी हुन । यसैगरि अरूण कुमार ढुंगाना र शेषरमण आचार्य (कृषि बैंकका पूर्व कर्मचारी) तथा पूर्ण प्रसाद आचार्य कृषि विकास बैंकमा कार्यरत छन । शंकर कुमार रायमाझी रावाबैंकका पूर्व कर्मचारी हुन ।

अब यी १४ आवेदक मध्ये छनौटमा परेका ३ जना उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस गरिने छ । जसमध्ये एक जना नियुक्त हुने छन् । देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि बैंकको सीइओ पद रिक्त छ ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *