मेघा बैंकले गर्याे लाभांशकाे घाेषणा
Investopaper, असाैज ०९, २०७६
मेघा बैंक नेपाल लि.ले लगानीकर्ताहरूकाे लागि नगद लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ सम्मको मुनाफाबाट र वितरणयोग्य अन्य कोषबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
२०७६/०६/०८ गते बसेकाे बैंक सञ्चालक समितिको २६२ औं बैठकले हाल कायम चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको हाे । बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ४८ करोड रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले प्रतिशत १ बोनस शेयर र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले बुधबार मात्र २ अर्ब ७५ करोड पुँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता गरेको छ।

