सगरमाथा इन्स्योरेन्सद्वारा बोनसकाे लाभांस कर दाखिल गर्न आग्रह

Investopaper, असाैज ११, २०७६

सगरमाथा इन्स्योरेन्स कम्पनकिो मिति २०७६/०३/१३ मा सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजी रु. ५३,८२,९१,९००।- को ८६ प्रतिशत रु. ४६,२९,३१,०००।- बराबरको ४६,२९,३१० कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा २०७६ आश्विन ०८ गते लिस्टिंग भएको छ ।

कम्पनीको २२ औं साधारण सभाले उक्त बोनस शेयरमा लाग्ने लाभांस कर शेयरधनि स्वयंले ब्यहोर्नु पर्ने निर्णय गरे अनुसार लाभांसकर दाखिला गर्ने शेयरधनिहरुको शेयर मात्र डिम्याट खातामा जाने भएको हुँदा उक्त लाभांशकर दाखिला नगरेका शेयरधनिहरुलाई थयासिध्र लाभांस कर दाखिला गर्न कम्पनीले अनुरोध गरेको छ ।

यसैगरि, लाभांसकर दाखिला गरि सकेका शेयरधनिहरुको डिम्याट खातामा बोनस शेयर नगएको भए कम्पनीको शेयर रजिष्टार श्री ग्लोवल आईएमइ क्यापिटल लिमिटेडमा सम्पर्क राख्न समेत कम्पनीले अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *