साताकाे दाेश्राे दिन स्थानीय बजारमा सुनको मूल्य बढ्यो
इन्भेष्टाेपेपर । असार ६, २०७९
काठमाण्डाैँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बृद्धी देखिएकाे छ । साताकाे दाेश्राे दिन साेमवार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी साेवारबार तेजावी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनकाे भाउमा पनि २०० रूपैयाँकाे बढाेत्तरी भएकाे हाे ।
सुनकाे भाउ बढेता पनि साेमबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । यसदिन चाँदीको मूल्य तोलामा प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
