ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने

रासस, कार्तिक २०, २०७६

काठमाण्डाै – नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवर्द्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने भएको हो ।

नेपालको पर्यटन उद्योगलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउन लागेको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिनुभयो । युरोपका मुलुकका पर्यटकलाई नेपाल ल्याउन मेलामा हुने सहभागिताले सहयोग पुग्ने उहाँको भनाइ छ । “सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन ग्रिस पर्यटन मेलामा हुने सहभागिताले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

मेलामा नेपालबाट आनन्द एडभेन्चर ट्रेक प्रालि, अपोइटमेन्ट नेपाल इन्टरनेशनल प्रालि, कोलम्वस ट्राभल्स एण्ड टुर्स प्रालि, कोइली टुर्स प्रालि, मकालु एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालि, एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालि, मिसन नेपाल होलिडेज, सयपत्री ट्राभल्स नेपाल प्रालि, स्वर्गद्धारी ट्राभल्स एण्ड टुर्स प्रालि र अन्लिज्ड नेपाल इन्टरनेशनल प्रालिको सहभागिता रहने नाट्टाले जनाएको छ ।

नाट्टाले विगतका वर्षमा पनि विभिन्न देशका पर्यटन मेलामा सहभागिता जनाउँदै आए पनि युरोपमा भने पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव थापाले बताउनुभयो । यस्ता मेलाको सहभागिताले नेपालको पर्यटन उद्योगको विकासमा सहयोग पुग्ने नाट्टाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *