वार्षिकाेत्सवकाे अवसरमा कामना बैंकद्धारा रक्तदान कार्यक्रम

Investopaper, कार्तिक २४, २०७६

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ ओ वार्षिकोत्सव यहि २०७६ साल कार्तिक २७ गते रहेको छ । आफ्नो १३ ओ वार्षिकोत्सवको उपलक्ष्यमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षालिई ज्ञानेश्वर स्थित IST College मा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान गरि सहयोग गर्नु भयो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *