लक्ष्मी बैंककाे खुद मुनाफा तथा प्रतिशेयर आम्दानीमा उल्लेख्य बृद्धी
Investopaper, कार्तिक २६, २०७६
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले आर्जन गरेको यो मुनाफा गत आवको यसै अवधिको तुलनामा ३२.६५ प्रतिशतले धेरै हो।
यसैगरी समिक्षा अवधिमा प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ४३ पैसा बढेर १८ रुपैयाँ ०२ पैसा कायम भएको छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकले १९ करोड ९० लाख वितरण योग्य नाफा कमाएको छ।
बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख र शेयरधनी कोषमा एक अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा जगेडा कोष सामान्य खुम्चिएको छ भने शेयरधनी कोषमा १७ प्रतिशत धेरैको सुधार देखिन्छ।
असोज मसान्तसम्म बैंककाे व्यवसायमा सामान्य बृद्धी देखिएकाे छ । निक्षेप संकलन २.३४ प्रतिशतले वृद्धि गरि ८२ अर्ब २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालनतर्फ ४.८० प्रतिशतले बढोत्तरी गर्दै ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ।
यस अवधिमा बैंकले ८६ करोड ५७ लाख ९२ हजार खुद ब्याज आम्दानी र ५८ करोड ९६ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
लक्षमी बैंकका प्रमुख बित्तीय सूचकांकहरूः
- बैंककाे चुक्ता पूँजी आठ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ ।
- प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा कायम भएको छ।
- बैंकको निष्कृय कर्जा अनुपात १.५० बाट घटेर १.०४ प्रतिशत कायम भएकाे छ ।
- कोषको लागत ७.१९ प्रतिशत रहेकाे छ ।
- आधार व्याजदर १०.२४ प्रतिशत कायम भएको छ ।
- पूँजीकोष अनुपात १२.३६ प्रतिशत रहेकोमा हाल ११.९० प्रतिशत भै केही संकुचन अाएको छ।
- बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेकाे छ र
- मूल्य आम्दानी अनुपात ११.९३ गुणा छ।
