सेवाग्राहीसंग घुस लिदालिदै मालपोतका कर्मचारी पक्राउ
Investopaper, मंसिर ०५, २०७६
बनेपा । सेवाग्राहीसँग घुस लिदालिदै मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइरहेको अवस्थामा उहाँलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको श्राेतले जनाएकाे छ ।
