बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Investopaper, पौष ८, २०७६
बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते) अन्तिम दिन हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।
कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
कम्पनीले पुस २४ गते कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे २७ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। उक्त साधारण सभाले लाभांश पारित गरेपछि शेयरधनीहरूलाइ उपलव्ध गराइने छ ।
हाल दुई अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित दश प्रतिशत बोनस पश्चात चुक्ता पूँजी २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ।
