बगदाद विमानस्थलमा रकेट आक्रमणः भाैतिक संरचना सहित ८ जनाको मृत्यु

investopaper,  पौष १८,  २०७६ 

इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमण बाट भाैतिक संरचना समेत नष्ट भएकाे जनाइएकाे छ ।

विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ ।

आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *