अम्बाको फलभन्दा पात उपयोगी, अम्वाकाे पात हामीले साेचेभन्दा धेरै फाइदाजनक !
Investopaper, पौष २५, २०७६
अम्बा (Guava) संसारभरी पाइने एक परिचित फल हो । नेपालका प्रायः सबै ठाउँमा यसको उत्पादन हुन्छ र कतै बेलाैती भनेर पुकारिन्छ । मानिसले यसको फल मात्र प्रयोग गर्दछन् तर अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । मानिसहरुलाई थाहा हुँदैन कि पातमा पनि निकै औषधीय गुण हुन्छन् भन्ने ।
अम्वाकाे पात हामीले साेचेभन्दा धेरै फाइदाजनक ।
अम्वाकाे पातमा एन्टी-अक्सिडेन्ट, एन्टी-इन्फ्लामेटरी तथा एन्टी-व्याक्टेरियल रसायनहरू माेजुद हुन्छन । जसले हामीहरूलाइ विभिन्न राेगहरूबाट प्रतिरक्षा गर्दछ र राेगहरूलाइ पनि निकाे पार्दछ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।
अम्बाको पातबाट हुने बिभिन्न फाइदाहरू –
- अम्बाकाे पातकाे रस बनाएर प्यूनाले झाडापखाला (डाइरिया) राेक्ने काम गर्दछ ।
- अम्बाकाे पातकाे रस खानाले काेलेस्ट्राेल नियन्त्रण गर्नमा मद्दत गर्दछ, किनकी यसमा सेचुरेटेड फ्याट निकै कम पाइन्छ र एलडिएल (खराव काेलेस्ट्राेल) घटाउँन मद्दत गर्दछ ।
- मधुमेहका बिरामीहरूका लागि अम्वाकाे पात लाभप्रद मानिन्छ । फाइबर बढी पाइने हुदा सुगर कन्ट्राेल गर्न मद्दत गर्दछ ।
- अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । छाला चिलाउदा प्रयाेग गर्नु उपयुक्त हुन्छ ।
- तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।
- यदि तपाईंमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ । अम्बाका पातले तौल घटाउने काम गर्छ ।
- अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ यसले कलेजो सफा गर्ने काम गर्दछ ।
- अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ ।
- अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्याउँछ । यसले कपालको विकासमा सहयोग पुर्याउँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।
- अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निने लगायतका समस्या समाधान गर्छ । यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।
— एजेन्सीकाे सहयाेगमा
