कोरोना भाइरसः बागलुङकी युवतीमा संक्रमण
इन्भेष्टोपेपर। चैत १५, २०७६
बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।
यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ।बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो। युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।
उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
चैत्र १० मा कोरोना भाइरसको संक्रमित १९ वर्षीया युवती त्यही विमानमा आएको जनाएको छ। त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो। त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिए पनि उनी आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ।
कोभिड-१९ बाट संक्रमितको संख्या विश्वभर अहिले सम्म ५ लाख ९६ हजार ३ सय १२ जति संक्रमित भइसकेका छन् जसमध्ये १ लाख ३२ हजार ६ सय ७६ जना उपचारपछि निको भएका छन्। यो(संक्रमण) संख्या अझ बड्न सक्ने WHO ले जनाएको छ। कोरोना भइरस विरुद्ध रोकथामका हरेक प्रयास भइरहेको र चाडैँ नै यसको समाधान हुने WHO का एक अधिकारीने बताए।
