कस्ताे हुन्छ त दिउँसो वा राती जन्मेका मानिसहरुको स्वभाव र भाग्य ?
इन्भेष्टोपेपर । चैत्र १६, २०७६
मानिसहरूकाे जन्म २४ घण्टामा जुनसुकै समयमा पनि हुनसक्छ । संसारभरीका बालकहरूकाे जन्म दिनकाे समयमा वा रातकाे समयमा भैरहेका हुन्छन । हाम्राे धर्मशास्त्र अनुसार जन्मकाे समयान्तरले पनि मानिसहरूकाे स्वभाव र भाग्यमा प्रभाव पारेकाे हुन्छ । तसर्थ, राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।
दिउँसाे जन्मेका मानिसकाे स्वभाव तथा भाग्यः
स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ । राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् । यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।
दिउँसाेकाे समयमा जन्मेका मानिसहरू भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ । उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् । राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ र रिस पनि चाँडै नै साम्य हुन्छ ।
घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् । आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् । जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।
रातमा जन्मेका मानिसकाे स्वभाव तथा भाग्यः
राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुने हुनाले उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक हुन्छन्, त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।
रातकाे समयमा जन्मेका व्यक्तिहरु फ्रेन्डली हुन्छन् तसर्थ साथी बनाउन निकै सिपालु हुन्छन् । राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।
यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् । उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् । उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।
— एजेन्सी
