विश्वभर काेभिड-१९ काे परिक्षणकाे अवस्था कस्ताे छ ? नेपालमा कति ?

इन्भेष्टोपेपर । वैशाख ०८, २०७७ 

हिजाेसम्म नेपालमा २९ हजार ५ सय ६७ जनाकाे काेभिड-१९ काे परिक्षण भैसकेकाे छ भने सातै प्रदेशबाट परिक्षण गर्ने क्रम तिब्रताकासाथ अघि बढाइएकाे छ । हालसम्म ३१ जनामा संक्रमण देखिएकाेमा चार जना निकाे भएर घर गएकाे अवस्था छ ।

विश्व महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण दिनानुदिन बढिरहेकाे छ । जुन देशमा प्रशस्त परिक्षण भएकाे छ त्यस देशमा संक्रमितकाे संख्या पनि बढी नै पाइएकाे छ । प्रारम्भिक अवस्थामा टेष्ट गर्न सकिएमा सजिलै ज्यान बचाउन सकिने र अन्यलाइ सर्नबाट बचाउन सकिन्छ । तसर्थ परिक्षणकाे महत्व राेकथाम गर्न समेत छ भनेर बुझ्नु जरूरी छ ।

हाल सबैभन्दा बढी करिव ७ लाख ६४ हजार काेराेना संक्रमित भेटिएकाे अमेरिकामा सबैभन्दा धेरै ३८ लाख ६२ हजार जनाकाे परिक्षण गरिएकाे छ । यहाँ कूल परिक्षणकाे १९.७८ प्रतिशत मानिसहरूमा संक्रमणकाे पुष्टी भएकाे छ ।

यसैगरी १९ लाख ४० हजार जनाकाे परिक्षण गरेर रूस दाेश्राे स्थानमा रहेकाे छ । रूसमा परिक्षणकाे तुलनामा संक्रमितहरूकाे संख्या निकै कम अर्थात २.२१ प्रतिशत रहेकाे छ र मृतककाे संख्या केवल ३ सय ६१ जना रहेकाछन ।

धेरै संक्रमणमा परेका देशहरू मध्ये जर्मनी, इटाली र स्पेनकाे परिक्षण उच्च रहेता पनि फ्रान्स र बेलायतकाे परिक्षण दर भने कम देखिएकाे छ । जर्मनीमा १७ लाख २८ हजार, इटालीमा १३ खाख ५७ हजार तथा स्पेनमा ९ लाख ३० हजार जनाकाे परिक्षण गरिएकाे छ । त्यसैगरी बेलायतमा ४ लाख ८२ हजार तथा फ्रान्समा ४ लाख ६४ हजारकाे मात्र टेष्ट सम्पन्न भएकाे छ ।

4/19/2020 जिएमटी

यसैगरी भारतमा ४ लाख २ हजार जनाकाे परिक्षण गरिएकाेमा करिव १८ हजार जनामा काराेना पाेजेटिभ देखिएकाे तथ्याँकले देखाएकाे छ ।

परिक्षणकाे संख्याले मात्र सबै कुराकाे निर्क्याैल गर्दैन, जनसंख्या पनि कारक तत्वकाे रूपमा देखिन्छ । ४ लाख भन्दा बढी परिक्षण गरिएका देशहरूमध्ये जनसंख्याकाे हिसाबले सबैभन्दा राम्राे अवस्था संयुक्त अरव इमिरेट (यूएइ) काे रहेकाे छ भने सबैभन्दा कम भारत । जहाँ प्रति १० लाख मानिसमध्ये ७७ हजार ५ सय जनाकाे टेष्ट भएकाे छ भने भारतमा २ सय ९१ जनाका मात्र परिक्षण गरिएकाे छ ।

यसैगरि वल्डाेमिटरकाे तथ्याँक अनुसार प्रति १० लाख मानिसहरू मध्ये फ्रान्स र बेलायतमा ७ हजारकाे हाराहारिमा परिक्षण गरिएकाे देखाउँछ भने अमेरिकामा ११ हजार ७ सय तथा रूसमा १३ हजार ३ सयकाे हाराहारीमा परिक्षण भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *