साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ 

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । संक्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पूष्टि गरेको छ । 

साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन् भने २६४ संक्रमितको मृत्यु भएको छ ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *