अर्थमन्त्री पौडेलकाे पहिलाे निर्णय : अक्सिजन प्लान्ट स्थापनार्थ तीन अस्पताललाई रकम स्वीकृत
इन्भेष्टोपेपर । जेष्ठ १, २०७८
नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि रकम उपलब्ध गराउने निर्णय स्वीकृत गर्दै कामकाे शुरूवात गर्नुभएकाे छ ।
तीन अस्पतालहरूमा डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको हो ।
