आक्रमक शाखा विस्तार संगै कामना सेवा विकास बैकको व्यवसाय विस्तारमा उल्लेखनिय प्रगति

माघ १३, २०७६ | Investopaper

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति गरेको छ ।

राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडि बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यस आर्थिक वर्षमा कर्जा तथा सापटीमा ४.२० अर्ब वृद्धि गरी २४.४४ अर्ब पुर्याउन सफल भएको छ । त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब थप गरी कुल निक्षेप २७.९७ अर्ब पुर्याएको छ । समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो ।

बैंकले ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १४.८५ करोड पुगेको छ ।

२०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटिएम थप गरी ११४ शाखा र ५८ एटिएम पुर्याउन सफल भएको छ । शाखा सञ्जाल विस्तारसंगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *