ओमानसँग नेपाल ६ विकेटले पराजित, नेपाल ६४ रनमै प्याक

Investopaper, असाैज २४, २०७६

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। जितकाे लागि ओमानले ६५ रनकाे झिनाे विजय लक्ष्य पाएकाे थियाे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालकाे शुरूवात खराव रह्याे । नेपालकाे तर्फबाट आरिफ शेख (२०) तथा दिपेन्द्रसिंह ऐरीले (११) रन बाहेक कसैले दाेहाेराे अंककाे स्काेर जाेडन सकेनन । नेपालले ११ ओभरमा अलआउट हुँदै मात्र ६४ रन बनायो। ६५ रनको सामान्य लक्ष्य ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

सुरुवाती कसिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । सुरुमै बलिङ गर्न आएका उनले ओपनर अकिब इल्यासलाई शून्य रनमै सोमपालको हातबाट क्याच आउट गराए। त्यस्तै सर्वाधिक रन दिएका करणले २ विकेट लिए। उनले ३.५ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिएका हुन्। सोमपाल कामीको नाममा पनि १ विकेट रह्यो।

नेपाललाई सस्तैमा समेट्न ओमानका अमिर कलीमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए।

शृंखलामा नेपालले ४ खेलमध्ये २ खेल मात्रै जित्यो । तालिकामा नेपालले ४ अंकसहित तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ । सबै खेल जितेको ओमान तालिकाको शीर्ष स्थानमा छ । बिहीबारै भएको खेलमा आयरल्याण्डले हङकङलाई हराएर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *