कविताः न गर बिलौना
- टंक कार्की
तिमीले प्रेम भन्यौ
हामील पत्यायौ
तिमीले राजीखुसी भन्यौ
उमंगमा
हामीले ताली पिट्यौं
आज
हाम्रो सुहाग रात भन्यौ
बिछ्यौनामा
हामीले गुलाव बिछ्याई दियौं
तिमीहरुले
अंकमाल गर्यौं
हामीले
आशिर्वाद दियौं
अहिले तिमि भन्दैछ्यौ,
उ दुर्घटना थियो, भयानक अभिशाप
हामी स्तब्ध भयौं
सोझा मान्छे छिटो विश्वास |
तिमीले भन्यौ, उ दिन कहाँ हाँसेको हो र ?!
लोकगालका खातिर मेरो रुन्चे हाँसो
लक्कन छप्पन कहाँ हुन्थ्यो हाम्रो भाषा
जस्तो भित्र उस्तै बाहिर |
अहिले तिमि भन्दै छौ
उ त बलात्कार थियो, विभत्स बलात्कार !
साँचो भन्यौ या झुटो
सकसमा थ्यौ या मदहोश
अब ढिलो भयो, पाता कसलाई कस्ने हो ?!
हो त लिला कर्मको
मानिस मानसपुत्र कर्मको |
ठाउँ छ रुनलाई धर्तीमा |
छाती पिटी पिटी कर्ममा |