कार्डबाट पैसा तिर्दा १० प्रतिशत भ्याट छुट, मेसिनबाट भुक्तानी गर्दा थप शुल्क लिन नपाइने
Investopaper, श्रावण ०९, २०७६
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा वस्तु तथा सेवाको मूल्य कार्डबाट भुक्तानी गर्दा आउने भ्याटको १० प्रतिशत रकम तत्कालै कार्डधनीको बैंक खातामा जम्मा हुने व्यवस्थाका लागि समन्वय गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारहरुको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गरिने मौद्रिक नीतिमा उल्लेख छ । नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ ।
यस्तै चालु आर्थिक वर्षभित्र वास्तविक समयको भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने, राष्ट्रिय भुक्तानी द्वार/स्विचको विकासमार्फत विद्युतीय भुक्तानी कारोबारको अन्तरआबद्धता सुनिश्चित गरी भुक्तानी कारोबारको राफसाफ नेपालमै हुने मौद्रिक नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिमा प्वाइन्ट अफ् सेल अर्थात पीओएस मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिमा मोबाइल र इन्टरनेटमार्फत भुक्तानी सेवा विस्तार गरी दुर्गम स्थानहरुमा वित्तीय पहुँच पुर्याउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रोत्साहन गरिने व्यवस्था छ ।
यसैगरि अनलाइन रिर्पाेटिंगकाे व्यवस्था तथा वैंकहरूलाइ नगद जम्मा मेसिन राख्न पनि प्राेत्साहन गरिने कुरा उल्लेख भएकाे छ ।
हेर्नुहाेस माैद्रिक नीतिमा भएकाे व्यवस्थाः
