एनएमबि माइक्रोफाइनान्सको नाफामा ८६% बृद्धी, प्रतिशेयर आम्दानी कति ?
Investopaper, श्रावण ०९, २०७६
एनएमबि माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिमा तुलनामा ८६.४५ अर्थात २ करोड ८२ लाख रुपैयाँले बढी हो।
माइक्रोफाइनान्सले यस अवधिमा एक अर्ब ८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा खुद ब्याज आम्दानी २० करोड ७४ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड १८ लाख रुपैयाँले बढी हो ।
१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा यसपटक ३१.५५ प्रतिशतले बढाइ १४ करोड ३३ लाख रुपैयाँ पुर्याएकाे छ ।
यस अवधिमा निष्कृय कर्जा अनुपात केही सुधार भएपनि अन्य कम्पनाीकाे तुलनामा अधिक नै छ ।
एनएमबि माइक्राेफाइनान्सका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- चुक्ता पुंजी १६ करोड २० लाख ६ हजार छ र गत वर्षकाे भन्दा १५ प्रतिशतले वृद्धी भएकाे छ ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा २.०२ प्रतिशत छ,
- यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ३७ रूपैया ६४ पैसा,
- प्रति सेयर नेटवर्थ १८८.४६ रूपैंया,
- जोखिम युक्त सम्पत्ति ९.६३ प्रतिशत,
- तरलता अनुपात ९.८७ प्रतिशत ,
- कोषको लागत ९.४९ प्रतिशत,
- मूल्य आम्दानी अनुपात २६.३० गुणा र
- सेयरकाे बजारमूल्य ९९० रूपैया रहेकाे छ ।
