किन हाेला ब्राह्मणहरुले लसुन, प्याज र च्याउ नखाने ?

इन्भेष्टाेपेपर ।  भाद्र ३, २०७९

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।  यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् ।

ब्राह्मणहरु लसुन र प्याज अहिंसाका कारण खाँदैनन् । प्याज, च्याउ र लसुन राजसिक र तामसिक रुपमा बाँडिएका छन् । यसको अर्थ उत्साह र अज्ञानतामा वृद्धि गर्छन् । किनभने यसका कारण जमीनमा रहेका धेरै जिवाणुको मृत्यु हुनेगर्छ । यसका कारण यसको सेवनमा गर्न ब्राहमण अस्विकार गर्छन् ।

ध्यान र भक्तिमा लाग्ने व्यक्तिले लसुन प्याज खानै हुँदैन। काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पु-याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।

त्यस्तै अर्को तर्फ शास्त्रका अनुसार लसुन, प्याज र च्याउ ब्राहमण खान अस्विकार गर्छन् किनभने सामान्यतया यी खानाहरुले अशुद्धता बढाउँछन् । यी मिश्रित खानाहरु अुशद्ध खाद्यको श्रेणीमा पर्छन् । ब्राहमणहरुलाई पवित्रता बनाई राख्न पनि यस्ता मिश्रित खानाहरु खाने गर्दैनन् । देवीदेवताको पुजा गर्नका लागि पनि शुद्धताको नियममा चल्नुपर्छ । यी मिश्रित खानाहरु अुशद्ध भएका ब्राहमणहरु लसुन, प्याजदेखि पर रहन्छन् ।

केही मानिसहरु मान्छन् कि लसुन र प्याज खानाले व्यवहारमा समेत परिवर्तन आउने गर्छ । यसका कारण यिनीहरुको सेवन गर्दैनन् ।  सनातन धर्मका अनुसार प्याज र लसुन खानाले क्रोध बढाउने गर्छ र यसले अध्यात्मको मार्गमा समेत बाधा उत्पन्न गराउँछ । यसका कारण ब्राहम्णहरुलाई लाग्छ यिनीहरुको सेवन गर्नु हुँदैन ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *