कृषि विकास बैंक लि.द्वारा हेटौडा सहिद पार्कका लागि सहयोग प्रदान

 Investopaper, माघ १५, २०७६

कृषि विकास बैंक लि. ले मकवानपूर हेटौडा स्थित शहिद स्मारकमालाई सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत माघ १४ गते उक्त पार्क भित्र पर्यटकहरुलाई सुचना प्रबाहा गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सुचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा रु. ९,५०,०००/- खर्च गरि प्रत्यक्ष सहयोग पुराएको छ ।

पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिर्सरमा बैकले आफ्नो नयां ए.टि.एम मेसिन समेत राखी प्रदेश सरकारको पर्यटन, बन तथा बाताबरण मन्त्री माननिय श्री अरुण नेपालज्यु र कृषि विकास बैक लि का प्रमुख कार्याकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्युबाट मिति २०७६।१०।१४ गते संयुक्त रुपमा समुद्घाटन समेत गर्नुभयो । भिजिट नेपाल २०२० लाई सफल बनाउने क्रममा कृषि विकास बैंक लि. सुरुका दिनबाट नै उपरोक्त प्रकृतिका सहयोग तथा सेवा प्रवाह गर्दै आएको छ ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक श्री धु्रवचन्द्र गौतम, कृषि विकास बैंक लि. शाखा ब्यबस्थापन विभागका विभागिय प्रमुख श्री अजय रिमाल, प्रदेश कार्यालय बीरेन्दनगरका निर्देशक श्री जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक श्री रामप्रसाद गजुरेलको समेत उपस्थिती रहेको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *