कोभिड-१९ मा औलोविरूद्धको औषधिको परीक्षणमा विश्व स्वास्थ्य सङ्गठनद्वारा रोक

इन्भेष्टोपेपर ।  जेष्ठ १३, २०७७

औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ‘अस्थायी रूपमा’ रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड-१९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो। सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी समेत दिएका छन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए। उनले कोभिड-१९ को उपचारमा यस औषधि ‘गेम चेन्जर’ हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए।

अध्ययन के भन्छ ?

गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो। बरू यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो।

डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय ‘कुनै समस्यासँग जोडिएर नभएको’ बताए। उनले भने: “विश्वभरि भइरहेका सोलिडारिटी ट्रायलमा कुनै समस्याका संकेत पनि छैनन्। तैपनि हालैको एक अध्ययनलाई आधार मानेर हामीले सावधानी अपनाएका हौँ।”

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *