कोरोनाभाइरस: ट्रम्पद्वारा अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा हस्ताक्षर

इभेष्टोपेपर, चैत्र १५, २०७६

हरेक देश कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको छन् त, कतै लकडाउनको सामना जनताले भोगिरहेका छन्। कोरोनाभइरस विरुद्ध लड्न, अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन्।

त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि व्यवस्थाबारे माथिल्लो सदन- सिनेटमा छलफल भएको थियो। अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए। अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

ह्वाइटहाउसमा भएको ऐतिहासिक हस्ताक्षर कार्यक्रममा डेमोक्र्याट सांसदहरूलाई निम्त्याइएको थिएन। तर राष्ट्रपतिले ‘देशलाई पहिलो प्राथमिकता दिँदै आफ्ना मतभेदहरू अलग राखेर एकजुट भएकोमा’ दुवै पार्टीलाई धन्यवाद दिए।

बेलायती प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री कोरोनाबाट संक्रमित

कोरोनाभाइरस: भारतका प्रधानमन्त्रीको सम्बोधन पछि मङ्गलवार मध्यरातदेखि २१ दिनका लागी “लकडाउनको” घोषणा

ट्रम्पले राहत प्याकेज यसअघिका कुनै पनि राहत कार्यक्रमभन्दा दुई गुना ठूलो भएको बताए। उनले भने, “यसले हाम्रा नागरिकका परिवार, कामदार र व्यापारमा अत्यावश्यक राहत प्रदान गर्नेछ।”

कानुनमा हस्ताक्षर गर्नु ठिक अघि ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ (डीपीए) भनिने कानुन लागू गरेका थिए जसले राष्ट्रपतिलाई निजी कम्पनीहरूलाई देशलाई आवश्यक पर्ने बस्तु उत्पादनको निम्ति बाध्य पार्ने अधिकार दिन्छ।

ट्रम्पको- यो निर्देशनले जनरल मोटर्सलाई सङ्घीय सरकारको निम्ति निकै खाँचो रहेको मेडिकल भेन्टिलेटर बनाउन बाध्य पार्ने बताए। त्यसअघि ट्रम्पले ट्वीट गर्दै उक्त कम्पनीले निकै खाँचो रहेको ‘४० हजार भेन्टिलेटर निकै छिट्टो दिने वाचा गरेको’ जनाएका थिए।

उनले डीपीए लागू गर्ने चेतावनी दिँदै भने, “अहिले उसले निकै महङ्गोमा ६ हजार भेन्टिलेटर मात्र त्यो पनि एप्रिलको अन्त्यमा दिने बताइरहेको छ। “हस्ताक्षर समारोहमा राष्ट्रपतिले भने, “मेडिकल आपूर्ति छिट्टै व्यापक रूपमा हुनेछ।”

अमेरिकामा ऐतिहासिक सङ्कट

डेमोक्र्याटहरूको बर्चस्व रहेको तल्लो सदनमा डेमोक्र्याट र रिपब्लिकन सांसदहरूले तीन घण्टा लामो छलफलपछि राहत प्याकेज स्वीकृत गरेका थिए।

सभामुख न्यान्सी पेलोसीले भनिन्, “एक सय वर्षको खराब विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोनाभाइरसका कारण हाम्रो देशले आर्थिक र स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सङ्कटको सामाना गरेको छ।”

संसद सदस्यहरू घरबाट मतदान गर्न तयार थिए तर आधा सदस्य उपस्थित हुनै पर्ने भनेर केन्टकीका रिपब्लिकन सदस्यले माग गरेपछि अन्तिममा उनीहरू वाशिङ्गटन फर्किन बाध्य भएका थिए। प्याकेजप्रति असहमति जनाएका थोमस मास्सीइले ध्वनी मतको बिरोध गर्दै एक एक भोट लिइनु पर्ने माग गरेका थिए जसले प्रक्रिया लब्याउने थियो। तर उनको माग अस्वीकृत भयो।

ट्रम्पले ट्वीटमा उनीप्रति आक्रोश व्यक्त गर्दै उनलाई ‘तेस्रो कोटीको आत्मकेन्द्रित’को संज्ञा दिए र उनलाई रिपब्लिकन पार्टीबाट निकालिनु पर्ने माग पनि राखे।

प्याकेजमा के कस्ता व्यवस्था छन्?

महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ।

प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्‍याउने बताइएकोछ। भाइरस सङ्क्रमण नफैलियोस् भनेर अधिकारीहरूले अमेरिकाभर रेस्टुरेन्ट, बार सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्।

अर्थशास्त्रीहरूका अनुसार अमेरिकाको काम गर्ने समूहको हरेक पाँचजनामा एकजना व्यक्ति कुनै न कुनै किसिमको लकडाउनमा परेको छ।

नयाँ पारित गरिएको कानुनले व्यवसायबाट बाहिरिनुपर्ने खतरामा परेका कम्पनीहरूलाई ऋण सहायता र करमा सुबिधाको पनि व्यवस्था गरेको छ। किनभने हरेक चारजनामा एकजना अमेरिकीलाई घर बस्न आदेश दिइएको छ र अति आवश्यक खाँचो पर्दा मात्र बाहिर जान मिल्ने भनिएको छ। कोरोनाबाट बच्न हरेक देशले आफ्ना नागरिकलाई अनेक उपाए जानकारी सूचना सहयोग गरिरहेका छन्। यो सामाग्री समाचार बीबीसी न्यूजमा प्रकाशित भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *