चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाउने भाे भव्य रंगशाला
Investopaper, Jan 30, 2019
काठमाण्डाै, माघ १६ गतेः धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । अाजै फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।
कृषि तथा वन विश्वविद्यालयले भोगचलन रहेकाे जग्गा क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगरपालिका हुँदै फाउन्डेसनलाई उपलब्ध गरार्इएको हो । भरतपुर महानगरपालिका – १६ मा अवस्थित २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।
याे रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशालाको गुरु योजना भने बनिसकेको छैन । ६ महिनाभित्रै गुरुयोजना तयारहुने र २ वर्षभित्रै निर्माण सम्पन्न गरि भरतपुर महानगरपालिकालाइ हस्तान्तरण गरिने बताइएको छ ।
याे रंगशालालाइ क्रिकेटमा मात्र सिमित नगरी अन्य खेलकूदकाे लागि पनि मैदान तयार पारिने बतार्इएकाे छ । रंगशालाको थ्रीडी डिजाइन तयार पारिएकाे छ र साेही मुताविक रंगशालाकाे निर्माण गरिने छ । तयारी थ्रीडि डिजाइन फाेटाेहरू यस प्रकार रहेका छन ।