दुई माइक्रोफाइनान्स चौतारी र आरम्भ गाभिने।

दुई लघुबित्त चौतारी र आरंम्भ माइक्रोफाइनान्स एक आपसमा गाभिएर आरम्भ चौतारी लघुबित्तको रुपमा रहने भएका छन्। चौतारी लघुबित्त र आरम्भ एक आपसमा गाभिन शेयर स्वाप अनुपात १ः१ मा तय गरिएको छ।

चौतारीको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने आरम्भ माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ। एक आपसमा गाभिएपछि भने केन्द्रिय कार्यालय बनेपामा रहनेछ र संस्थाका कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहने छन्।

दुबै संस्था गाभिएपछि नयाँ संस्थाको एकिकृत पुँजी २४ करोड ६० लाख पुग्नेछ। जेठ २१ गते मंगलबार अनुसार दुई कम्पनी आरम्भ र चौतारीको अन्तिम मूल्य रु. ५२९ र रु. ४४२ रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *