नवलपुरको कावासोतीमा धितोपत्र दलाल व्यवसायीकाे कार्यालय खुल्याे

इन्भेष्टोपेपर । बैशाख ७, २०७

नवलपुरको कावासोतीमा भिजन सेक्युरिटिज प्रा.लि. को शाखा कार्यालय खुलेकाे छ । उक्त शाखाकाे समुदघाटन बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाज्यूले गर्नुभएकाे हाे । धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने उहाँले बताउनुभएको छ।

उहाँले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछी अब हामी दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताउँनुभयो। यस कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने जिकिर उहाँले गर्नुभयो।

मन्तव्यकै क्रममा उहाँले शाखा कार्यालय विस्तारमार्फत् एकातिर संघीयताको सिद्धान्त अनुरूप पूँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीय स्तरको पूँजी परिचालन हुने र देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा राख्नुभयो।

मन्तव्यकै क्रममा उहाँले चालु आ.व. मा नै प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा रहेका छौं भने लामो समयदेखी प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया यही आ.व.मा टुङ्गोमा पुर्याउने लक्ष्यका साथ तिव्र गतिमा कार्य भैरहेको बताउनुभयो।

अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ब्रोकरको पूँजीगत क्षमता अभिवृद्धि, व्यवसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिनुभयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *