नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश अघिल्लो वर्षको तुलनामा आधा कम

Investopaper, कार्तिक २७, २०७६

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा आधा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान सम्पन्न ५२२ औं बैठकले १०.५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

यसपटक प्रस्तावित एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *