नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

इन्भेष्टोपेपर । जेष्ठ ७, २०७

नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतकाे ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ १६ गते देखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *