पहिलो चरणको फोरजी प्रचार अभियान मंसिर ४ मा सम्पन्न हुँदै

Investopaper, मंसिर ०४, २०७६

नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आज मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो ।

हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी/थ्रीजीबाट फोरजीमा स्तरोन्नति गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो ।

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाउनु हुनेछ । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ

यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

सात प्रदेश, सात कलाकार र सात स्थानकाे नारा सहित आयाेजित साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

यस प्रकारका अभियान तथा कार्यक्रमहरु देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *