प्रधानमन्त्री ओलीद्वारा नयाँ मन्त्रिमण्डल गठन (नामावाली सहित)
इन्भेष्टोपेपर । जेष्ठ १, २०७८
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारमा भएका मन्त्रीहरू रहनुभएको छ । प्रधानमन्त्रीले सबै मन्त्रीहरूकाे कार्य बिभाजन समेत गर्नुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री हुनुहुन्छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई साविककै मन्त्रीहरू रहनुभएकाे छ । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

