बैंक अफ काठमाण्डूको खुद नाफा ३३ प्रतिशतले वृद्धि, प्रतिशेयर अाम्दानी कति ?

Investopaper, माघ २८, २०७५

बैंक अफ काठमाण्डले चालू आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमास सम्मकाे प्रगति विवरण प्रकाशित गरेकाे छ ।

यस अवधिमा वैंकले खुद नाफा ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३३ . ७१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा भने नाफा ५५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै वैंकले वितरण योग्य नाफा (फ्रि प्रोफिट) भने ६६ करोड १३ लाख आर्जन गरेको प्रगति विवरणमा उल्लेख छ । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने नाफा नै वितरण योग्य नाफा (फ्रि प्रोफिट) हाे । केन्द्रीय बैंकले अवलम्बन गरेकाे नीति अनुसार यही फ्रि प्राेफिट मध्येबाट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

यसै गरि चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ बाट ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ  पुर्याएको छ भने जगेडाकोषमा ६ अर्ब १२ करोड ४९ लाख सञ्चित भएको छ ।

वैंककाे निक्षेप तथा कर्जा काराेवारः

बैंकले पाैष मसान्तसम्म ८० अर्ब २१ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ । त्यसैगरी ७३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । योे गत वर्षको सोहिअवधिको तुलनामा निक्षेप संकलन १३ . ४३ प्रतिशत र कर्जा लगानीमा १५ . ९६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षकाे साेही अवधिकाे तुलनामा ३५ . ५४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३५ . २२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अन्य प्रगति राम्राे गरेकाे भएता पनि लगानी वृद्धी संगै खराव कर्जा पनि १.८६ प्रतिशत बाट बढेर २.०८ प्रतिशतमा पुगेको छ ।

प्रमुख वित्तिय सूचकांकहरूः

  • प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा,
  • मुल्य आम्दानी अनुपात १३ . १४ गुणा,
  • प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा,
  • तरलता अनुपात २३ . ८० प्रतिशत,
  • निष्कृय कर्जा २ . ०८ प्रतिशत,
  • कोषको लागत ७.९१ प्रतिशत,
  • जोखिम युक्त सम्पत्ति १४ . ६१ प्रतिशत रहेको छ ।

त्यसैगरि बैंकको आधार ब्याजदर १० . ६० प्रतिशत छ भने सिसिडी अनुपात ७८ . ६५ प्रतिशत  रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *