भारतद्वारा पुनर्निर्माणका लागि थप १ अर्व ६० करोडकाे चेक हस्तान्तरण

Investopaper, जेष्ठ २७, २०७६

काठमाण्डाै – छिमेकी देश भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।  उक्त रकमकाे चेक महालेखा नियन्त्रकको कार्यालयको नाममा काटिएको छ । 

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नु भएको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । यो रकम धादिङ र नुवाकोटमा निजी आवास पुनर्निर्माणमा प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ।

भारतले नेपालको पुनर्निर्माणमा १ खर्ब रुपैयाँ दिने घोषणा गरेको थियो। जसमध्ये नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताउनु भयो । उहाँले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *