मल्टीपर्पस फाइनान्सलाइ नेप्सेले सोध्यो स्पष्टिकरणः सूचिकरण स्थगन
Investopaper, भाद्र ३०, २०७६
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको छ। यसकाे साथै धितोपत्र सूचीकरण स्थगन समेत गरेकाे अत्यन्त जरूरी पत्र पठाएकाे छ ।
धितोपत्र दाखिला खारेज बन्द (बुकक्लोज) सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले अर्को निर्णय नभएसम्मको लागि फाइनान्सको शेयर सूचीकरण स्थगन गरेको हो।
मल्टीपर्पस फाइनान्सले एक सतापछि हुन लागेको साधारण सभाको बुकक्लोज सम्बन्धी सूचना सात दिन अगाडि नै नेप्सेमा जानकारी गराउनुपर्नेमा एक दिनअघि मात्र नेप्सेमा जानकारी गराएपछि नेप्सेले फाइनान्सको धितोपत्र सूचीकरण स्थगित गर्दै तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
नेप्सेले जारी गरेकाे अत्यन्त जरूरी पत्र यस प्रकार रहेकाे छ ।

