~~रती शृंगार~~
— भावना शर्मा
म
आँखैले बुझिद्न्छु, तिमी
आँखैले बोल प्यारा !!
मनका
सारा भेद आज ती आँखैले खोल प्यारा !!
न
रहरले हुन्छ मायाँ !, न त करले हुन्छ मायाँ
यो
मायाँको जातै यस्तै, यो रत्न अनमोल प्यारा !!
मनका
सारा भेद आज ती आँखैले खोल प्यारा !!
मायाँ
बस्छ अन्जानैमा, जानी जानी कहाँ हुन्छ ??
यसको
आउने जाने कुनै हुन्न क्रम-रोल प्यारा !!
मनका
सारा भेद आज ती आँखैले खोल प्यारा !!
पलाउँछ
मायाँ चोखो जब दिलको भित्री कुना
प्रेम
तरंगले मनमा बजाउँछ ढोल प्यारा
मनका
सारा भेद आज ती आँखैले खोल प्यारा !!
म
लाजको पर्दा एउटा ओढी दिन्छु लजाउदै
फकाउँदै
यो लाजलाई तिमी मद् मा घोल प्यारा !!
मनका
सारा भेद आज ती आँखैले खोल प्यारा !!
