रु.५०को मेरो शेयर को प्रयोग शेयर भर्न र कारोबार गर्न कसरी गर्ने? हेर्नुहोस यसका फाइदाहरु।
नेपाली शेयर बजारले बिगत केही बर्षमा धेरेनै फड्को मारि सकेको छ। घण्टौ लाइन बसेर शेयर भर्नु पर्ने अनि फेरी रकम फिर्ता लिनको लागी उत्तिकै लाइनमा बस्नुपर्ने अवस्था अबको लगानिकर्ताले बेहोर्नु पर्ने छैन। यस्तै बोनस र राइट को प्रमाणपत्र अनि नगद लाभांश लिन पनि शेयर रजिस्ट्रार धाइ रहनु पर्देन।
शुरुमा डिम्याट प्रकिया झन्झट लागेपनि लामो समय सोच्दा यसले शेयर बजारका लगानिकर्तालाई धेरेनै सजिलो बनाएको छ। शेयर लगानिकर्ताले अहिले घरै बसेर आफ्नो शेयरको पुरा बिवरण हेर्न सक्छन। यसैगरी शेयर स्थानानतरण पनि घरबाटै गर्न सकिने भइसक्यो। आईपिओ,राइट शेयर,डिबेन्चर आदिमा आवेदन दिनपनि अहिले घरै बसेर मिल्छ।
यो सबै सुबिधाका लागी तपाईले केबल बर्षको ५० रुपैंया खर्चे पुग्छ। मेरो शेयरको ग्राहक बनेर तपाईले यी सब कुराहरु घरबाटै गर्न सक्नुहुन्छ। मेरो शेयर सुबिधा चलाउन तपाईले आफ्नो ईमेल ठेगाना बनाए पुग्छ र त्यो सुबिधा लिन आफ्नो डिम्याट खाताको हितग्राहि नम्बर चाहिन्छ। मेरोशेयर को के के लाभदायिक सुविधा छ त तल पढ्नुहोस्।
- मेरो शेयरमा तपाईले MY PORTFOLIO भित्र गएर आफ्नो शेयर पोर्टफोलियो हेर्न सक्नु हुन्छ। हिजो र आजको मुल्यमा कति घटबढ भयो भन्ने पनि थाहा पाउन सकिन्छ।
- यस्तै MY TRANSACTION HISTORY भित्र गएर तपाईले किनबेच गरेको शेयर र बोनस, राइटबाट आएका शेयरको बिवरण जान्न सक्नुहुन्छ।
- यस्तै MY ASBA को Current Issue भित्र गएर राईट, आईपिओ, डिबेन्चर आदि खुल्ला रहेको कम्पनीको सूची हेर्न सकिन्छ। त्यसपछि तपाईले Apply बटन थिचेर आवेदन प्रक्रिया शुरु गर्न सक्नुहुन्छ।
- MY ASBA भित्रकै Application Reportमा गएर तपाईले आफ्नो आवेदन सफल भए नभएको जान्न सक्नु हुन्छ।
- सबैभन्दा उपयोगी MY EDIS ट्याब भित्र गएर तपाईले सजिलै आफूले बेचेको शेयर ट्रान्सफर गर्न सक्नु हुन्छ।
- मेरो शेयरबाटनै तपाईले आईपिओको नतिजापनि थाहा पाउन सक्नुहुन्छ।
संसार डिजिटल प्रविधिले लालायित भईरहेको अवस्थामा यसको उपयोग गरेर फाइदा लिनु राम्रो कुरा हो।
Sucharu kasri garne process?