लगानीकर्तालाई आश्वस्त पार्दै सेवोनले निकाल्यो विज्ञप्ति

INVESTOPAPER, December 10, 2018

आइतबारदेखि नेप्सेमा रिले अनशन सुरु गरेका लगानीकर्ताहरूको मनस्थिति र मागलाइ मध्यनजर गर्दै, अपेक्षाअनुसार सेयर बजार बढेन भन्दैमा हतोत्साहित नहुन धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।

समग्र पुँजी बजारको विकास र विस्तारका लागि राज्यका सबै पक्ष जिम्मेवार ढंगले लागिपरेकाले केही अंकले बजार घट्दैमा नआत्तिन भन्दै बोर्डले लगानीकर्तालाई आश्वस्त पारेको हो ।

बोर्डले आइतबार विज्ञप्ति जारी गरी यस्तो बताएको हो । निरन्तर सेयर बजार घट्दा पनि सरकार र नियामक निकायको ध्यान नगएको भन्दै लगानीकर्ता आक्रोशित हुन थालेकोतर्फ इंगित गर्दै बोर्डले विज्ञप्ति जारी गरेको हो ।

‘सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रम अघि बढाई पुँजी बजारमार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘पुँजी बजारको आधुनिकीकरणका लागि धेरै काम भएका छन् । यसकारण पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ कम्पनीलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने काम अघि बढेको र मार्जिन ट्रेडिङ अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *