शेयर कारोबार गर्दा ब्रोकर कमिसनमा कति जान्छ? यसरी गर्नुहोस हिसाब।

शेयर कारोबार गर्दा तपाईले अनिवार्य रुपमा ब्रोकर खाता खोल्नु नै पर्छ। शेयर किनबेच गर्न ब्रोकर मार्फत नै अर्डर दिनुपर्छ। कारोबार मूल्यको हिसाबमा तपाईले केही प्रतिशत ब्रोकरलाई पनि बुझाउनु पर्छ। बिश्व बजारको तुलनामा नेपालमा ब्रोकर कमिसनको दर बढी नै छ।

हालको अवस्थामा तपाईले ५०,००० भन्दा कम मूल्यको कारोबार गर्दा ब्रोकरलाई ०.६० प्रतिशत कमिसन तिर्नुपर्छ भने त्यो भन्दा बढी मूल्यको कारोबार गर्दा ०.५५ प्रतिशत कमिशन बुझाउनुपर्छ। यस्तै पाँच लाख बन्दा बढीको कारोबार गर्दा भने ०.५० प्रतिशत कमिशन बुझाउनु पर्छ।

तपाईले १००० रुपैयाको शेयर किनेर १००० मै बेच्नु भयो भने तपाईलाई घाटा नलागेको महसुस होला तर वास्तवमा तपाईलाई १ देखि १.२० प्रतिशत घाटा भएको हुन्छ।

अब एउटा उदाहरणबाट हेरौ कारोबार गर्दा ब्रोकर कमिसनमा कति जान्छ भनेर।

मानौ तपाईले १ लाख मूल्य बराबरको शेयर किन्नु भयो। अब यसको ब्रोकर कमिसन हिसाब गर्न सुत्र यस प्रकार छ।

ब्रोकर कमिसन= (कमिशन दर*कारोबार मूल्य)/१०० अर्थात (०.५५*१०००००)/१००=रु.५५०

यसकारण १ लाखको कारोबार गर्दा तपाईले ब्रोकरलाई छुट्टै ५५० रुपैया तिर्नुपर्छ। एउटा कारोबारमा दुईजना सहभागी ( किन्ने र बेच्ने) हुने हुँदा एउटा कारोबार बाट ब्रोकरले १.२ प्रतिशत वा १.१० प्रतिशत कमिशन हात पार्छ। यो पक्कै पनि उच्च कमिशन दर हो।

नेप्से बजारमा १ अर्बको कारोबार हुदाँ ब्रोकर कमिशनको रुपमा लगभग ०.५८ को औसत दरले पनि ५८ लाख हुन आउँछ र यसको दोब्बर अर्थात १.१६ करोड रुपैया कमिशनको रुपमाबजारबाट बाहिरिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *