सुमार्गीले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका नाममा विदेशबाट ल्याएको रकमको वैधता खोज्नू – सर्वाेच्च अदालत

सर्वोच्च अदालतकाे आदेश अनुरूप व्यवसायी अजेयराज सुमार्गीको रोक्का रहेको सम्पत्ति फुकुवा नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

अजयराज सुमार्गीले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका नाममा विदेशबाट ल्याएको भनेको सम्पत्तिको स्रोतको वैधता खोज्न पनि सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्चले राष्ट्र बैंकलाई सुमार्गीको रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उल्लंघन भएको हो÷होइन भन्नेबारे यकिन गर्न पनि आदेश दिएको छ । ‘विदेशमा रहेको खाताबाट रकम आएको भन्ने नेपाल राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी ६ महिनाभित्र यकिन निर्णय गर्नू,’ सर्वोच्चले भनेको छ । 

सर्वोच्चले ७ करोड ५० लाख डलर रोक्का रहेको रकमको अन्तिम टुंगो नलागेसम्म कारबाहीको प्रगति विवरण प्रत्येक महिना सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयमा पठाउन पनि निर्देशन दिएको छ । याे समाचार आजकाे नयां पत्रिकामा छापिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *