६८ बर्षका बृद्धले २१ वर्षकी तरूनी भित्र्याए : भन्छन, ‘एकअर्का बिना बाच्न सक्दैनौँ’

मंसिर १२, २०७६

सुन्दा अचम्म लाग्ने, पत्याउनै गाह्रो पर्ने तर घटना बास्तविक, नपत्याएर के गर्नु ? इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी कान्छी दुलही बनाएर ल्याएका छन । अहिले यो जोडी सामाजिक सन्जाल र मिडियाहरूमा चौतर्फी चर्चामा शिखरमा रहेको छ ।

रसिक स्वभावका ६८ बर्षीय वृद्ध बताए अनुसार अहिले ल्याएकी २१ बर्षकी श्रीमती उनकी पाचौं श्रीमती हुन । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाएकाे मिडियाहरूले बताएकाछन ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको समेत उनले बताएकाछन । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिए पछि अन्ततः बिबाह नै गरेर पाँचाै पत्नीकाे रूपमा घरमा भित्र्याए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *