अाेम डेभलपमेन्ट वैंकले गर्याे लाभांश घाेषणा

 

काठमाडौं:  अाेम डेभलपमेनट वैंक लि. काे मिति २०७५/०९/२७ गते शुक्रवार बसेको सञ्चालक समितिकाे १५९ अाै बैठकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२.७० प्रतिशत  वाेनश शेयर  लाभांश स्वरूप वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाइ वितरण गरिने बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *